नेपाली सेनाको ४४औं प्रधानसेनापतिको रुपमा रथी प्रभुराम शर्माले पूर्ण नेतृत्व सम्हालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट महारथी दर्जाको दर्ज्यानी चिन्ह लिइ प्रधानसेनापतिको पद तथा गोपनीयताको शपथ ग्रहण गरेर शर्माले आजदेखि कार्यभार सम्हालेका हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाश पाएपछि नयाँ प्रधानसेनापतिको रुपमा शर्मा जिम्मेवारीमा आएको सेनाले जनाएको छ ।
भदौ २४ गते प्रधान सेनापति थापाको कार्यकाल सकिएपछि शर्माले करिब एक लाखको हाराहारीमा फौज रहेको नेपाली सेनाको नेतृत्व गर्दैछन् ।
नेपाली सेनामा ३७ वर्ष बिताएका शर्मा ब्राह्मण जातिबाट संगठनको नेतृत्व गर्ने पहिलो सेनापति हुन् ।
सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले पूर्ण रूपमा जिम्मेवारी सम्हालेलगत्तै प्रधानसेनापतिले आफ्नो प्राथमिकतासहितको मार्ग निर्देशन जारी गर्ने अभ्यास रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।