उपाध्यक्ष फातिमासँगको भेटमा माधव नेपालले भने- एमसिसीबारे अमेरिकाले नै भ्रम फैलायो

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीचको सहमतिमा मात्रै एमसिसीलाई अघि बढाउन सकिने धारणा राखेका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसिसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा सो कुरा बताएका हुन् । 

सत्तारुढ दलहरुबीच सहमति गरेर मात्रै सो सम्झौतालाई अघि बढाउन सकिने पार्टीको अडान रहेको उनले भेटमा जानकारी गराएका थिए । उनले नेपाली जनतालाई ‘कन्भिन्स’ गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको बताएका थिए । 

भेटका क्रममा फातिमाले एमसिसी कुनै सैन्य रणनीतिअन्तर्गतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वस्त बनाएकी थिइन् । अध्यक्ष नेपालले भने एमसिसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयं अमेरिकी सरकारबाट भएको बताएका थिए । 

भेटमा सहभागी नेकपा (एकीकृत समाजवादी)का कार्यालय सचिव डा. गंगालाल तुलाधरले भने, ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौता अघि बढन सकिन्न भन्ने कुरामा हामी दृढ छौँ । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमति बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौँ ।’ 

सो विषय सरकारमा सामेल सबै राजनीतिक दलहरुको सरोकारको विषय भएको उल्लेख गर्दै उनले भने, ‘त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतिमा अघि बढछौँ ।’



करिब डेढ घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसिसी दबाब दिएर पारित गराउने पक्षमा आफूहरु नरहेको पनि बताएको एकीकृत समाजवादीले जनाएको छ ।



  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार २०:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया