नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा शुक्रबार (आज) प्रतिस्पर्धा गर्दैछ ।
दिन र रातमा हुने यो खेल नेपाली समयअनुसार साँझ सवा ४ बजेदेखि ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने छ । नेपालले दिन र रातमा खेल्न लागेको यो पहिलो एकदिवसीय खेल हो ।
नेपाल यो खेलमा जित हात पार्दै सिरिजमाथि कब्जा जमाउने प्रयासमा हुनेछ । पपुवा न्युगिनी पनि जित हात पार्दै सिरिज बराबरी गर्ने दाउमा छ ।
सिरिजको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो ।
अहिले नेपाली टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि ओमानमा छ ।
उसले आयोजक ओमान र अमेरिकासँग सिरिज खेल्नेछ । त्यसैको तयारीस्वरुप नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलिरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।