आगामी महिना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोली अन्तिम चरणको अभ्यासका लागि शुक्रबार (आज) कतार प्रस्थान गर्दैछ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बिहीबार २४ खेलाडीसहितको नेपाली टोलीलाई बिदाई गरेका हुन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी केही दिन अगाडि नै कतार पुगिसकेका छन् भने हाल इन्डोनेसियामा रहेका डिफेन्डर रोहित चन्द उतैबाट कतार पुगेर टोलीसँग जोडिने छन् ।
नेपाली टोली कतारमा केहीदिन अभ्यास गरेर सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि माल्दिभ्स प्रस्थान गर्नेछ ।
१३औं संस्करणको साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माल्दिभ्स र नेपाल प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली
किरण चेम्जोङ, विकेश कुथ, दीपक कार्की, विशाल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, नवयुग श्रेष्ठ, सुरज ज्यु ठकुरी, सुमन लामा, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, आशिष लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, कमल थापा मगर र आयुष घलान
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।