हेटौंडामा पक्राउ परे ६ जुवाडे

हेटौंडाबाट ६ जना जुवाडे पक्राउ परेका छन् । दशैं तिहार आउनुभन्दा अघि नै तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहको समयमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । 

हेटौंडा उपमहानगरपालिका–१५ मा दिपक श्रेष्ठको घरमा जुवा खेलिरहेको समयमा प्रहरीले नगद एक लाख ३२ हजार ३९० रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले कौडा १५ वटा र तास ६ बुकसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका–६ का २१ वर्षीय डेनी भट्ट, हेटौंडा उपमहानगरपालिका–१६ का ६० वर्षीय ईवनाथ दंगाल, हेटौंडा-१५ का ३५ वर्षीय आलोक स्याङ्तान, ६७ वर्षीय रामशरण थापा, मनहरी गाउँपालिका-६ का ४४ वर्षीय वासु उप्रेती र भरतपुर महानगरपालिका-१० का ३८ वर्षीय चुडामणि सेढाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए । 
 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार ९:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया