पौडेल भन्छन् – कम्युनिस्टलाई भोट हाल्ने जनता पछुताउन थाले

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गएको चुनावमा कम्युनिस्टलाई भोट हाल्ने जनता अहिले पछुताउन थालेको बताएका छन् । 

नेपाली कांग्रेस व्यास नगरसमिति वडा नं १० ले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । 

बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनीकरणमा सरकार असफल भएसँगै जनता निराश हुन थालेको उनको टिप्पणी छ । 

‘जनताले जे सोचेर कम्युनिस्ट पार्टीलाई बहुमत दिएका थिए, सरकारले जनभावनाअनुसार काम गर्न सकेन,’ उनले भने । 

सरकारले राम्राभन्दा नराम्रा काम गर्नेलाई संरक्षण दिइरहेको उनको गुनासो छ । 

स्थानीय स्तरको विकासका लागि व्यास नगरपालिका तथा जिल्ला समन्वयमा गएर माग राख्नसमेत उनले कांग्रेस कार्यकर्तालाई आग्रह गरे । 
 





  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार १९:२९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया