पाकिस्तानका वरिष्ठ पत्रकार रहीमुल्लाह युसुफजाईको निधन

पाकिस्तानका वरिष्ठ पत्रकार रहीमुल्लाह युसुफजाईको बिहीबार पेशावरमा मृत्यु भएको छ।

उनका छोरा अरशद युसुफजाईले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको जानकारी दिएका हुन् ।

रहीमुल्लाह गत सालदेखि क्यान्सर रोगसँग जुधिरहेका थिए । उनको उपचार पेशावरमा चलिरहेको थियो ।

रहीमुल्लाह पाकिस्तानको पेशावरमा ‘द न्युज’ आवासीय सम्पादक थिए । यति मात्र नभई उनले अन्तर्राष्ट्रिय पत्रिकाका लागि पनि लेख्ने गर्दथे । उनले लामो समयसम्म बिबिसी उर्दू र बिबिसी पश्तोको साथमा पनि काम गरेका थिए । 

उनी एकमात्र पत्रकार थिए जसले तालिबानका सर्वोच्च नेता मुल्ला मोहम्मद उमरसँग अन्तर्वार्ता लिएका थिए । उनी अल कायदा प्रमुख ओसामा बिन लादेनलाई पनि भेटेका थिए।





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १२:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया