नेकपा एमालेले संसद अवरोध नगरे आज संसदमा तीन वटा अध्यादेश प्रस्तुत गरिने छ ।
संसदको आजको कार्यसूची अनुसार सुरुमा प्रेम सुवालले ‘आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन् । त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आजको संसद बैठकमा सांसद प्रेम सुवालले नै ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन् । त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजै सांसद प्रेम सुवालले ‘विनियोजन अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस’ भन्ने सूचना प्रस्तुत गर्नेछन् । यसलगत्तै अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृति गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।