छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । संखुवासभा, बझाङ, सप्तरी, नवलपरासी (पश्चिम), सुनसरी नवलपरासी (पूर्व) र धनुषामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

संखुवासभाको मकालु गाउँपालिका–३ समटारमा रौता कन्स्ट्रक्सन कम्पनीको ज.१क ४१२ नम्बरको जेसिबी दुर्घटना हुँदा बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सह–चालक खाँदबारी नगरपालिका–६ माथिल्लो पाङ्ठा बस्ने २४ वर्षीय श्याम विक रहेका छन् । 

बझाङको केदारस्युँ गाउँपालिका–४ बागथला बजार नजिकै बागथलाबाट देउरातर्फ जाँदै गरेको से.१ ज ९६८ नम्बरको जिपको ठक्करबाट एक जना बालकको बिहीबार मृत्यु भएको छ । मृत्यु हुने बालकमा सोही ठाउँ बस्ने योगेन्द्र रावल रहेका छन् । 

सप्तरीको राजबिराज नगरपालिका–५ मिलन चोकमा को.७ प ४४१० नम्बरको मोटरसाइकललाई स.१ त २८७८ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बिष्णुपुर गाउँपालिका–५ बस्ने ६० वर्षीय लेलाही खङ रहेका छन् । 

नवलपरासी(पश्चिम) सुनवल नगरपालिका–७ सिसहानीस्थित भित्री सडकमा लु.२३ प ९५६८  नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक श्याम पोख्रेलको मृत्यु भएको छ । 

सुनसरीको रामधुनी नगरपालिका–६ सुनसरी खोला पुलमा को.३६ प ९५८ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक मोरङ कानेपोखरी गाउँपालिका–६ बस्ने रितिक राईको मृत्यु भएको छ । 



नवलपरासी(पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ घ्युखोलामा प्र.३–०१–००३ क ४९४३ नम्बरको ट्रकलाई ना.५ ख ५६६८ नम्बरको ट्रक बिहीबार राति आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना.५ ख ५६६८ नम्बरको ट्रकका सह–चालक सुरसार चौधरी रहेका छन् । 

धनुषाको बिदेह नगरपालिका–६ एकराहीमा ज.७ प ९८१२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया दौलतिया देवी महराको बिहीबार राति मृत्यु भएको छ । 
 



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १४:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया