गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायिका अरुणाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।
गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईको शब्द र कुन्दनराज सुब्बाको संगीत छ । यमु शर्मा क्रिएशनको प्रस्तुति रहेको भिडियोमा शिल्पा पोखरेल र आयुश क्षेत्रीको अभिनय छ।
भिडियोमा नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा र आयुष क्षत्रीको निर्देशन छ ।
यमु क्रिएसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ ।
बुहारीको नाममा देशैभरि फैलिएको संस्था मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले महिला हिंसाविरुद्धको अभियानलाई फरक शैलीमा अत्यन्त प्रभावकारी रूपमा अघि बढाएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।