कांग्रेस नेता चक्र बास्ताेलाकाे निधन

काठमाडाैं– नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएकाे छ ।

७४ वर्षीय बास्तोलाकाे शनिबार साँझ ९ बजेर २० मिनेट जाँदा निधन भएकाे हाे । 

उनी मस्तिष्कघातका कारण ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए । केही दिनअघि उनी सिकिस्त भएपछि अस्पताल लगिएकाे थियाे । शनिबार उनलाई चिकित्सकहरुले क्लिनिकल्ली डेड घाेषणा गरेपछि उनलाई घर ल्याइएकाे थियाे । 

२०६९ मा मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार भएको थियो ।

बास्तोला पूर्वपरराष्ट्रमन्त्री, भारतका लागि नेपाली पूर्वराजदूत तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् । उनी पार्टीमा खराे टिप्पणी गर्ने नेताका रुपमा चिनिन्थे ।





  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार २१:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया