बागमती प्रदेश योजना आयोगको उपाध्यक्षमा बस्नेत, मुख्यमन्त्री शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा अर्याल

तीन वर्षदेखि रिक्त रहेको बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगले पूर्णता पाएको छ । शुक्रबार प्रदेशकी  मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आयोगको उपाध्यक्षमा सिन्धुपाल्चोक मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेतलाई सपथग्रहण गराएकी छन् । 

शुक्रबार बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र तीन जना सदस्यहरुलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथग्रहण गराइएको हो ।  
आयोगका उपाध्यक्ष बस्नेत सहित सदस्यहरूमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ बालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेललाई मुख्यमन्त्री शाक्यले सपथग्रहण गराएकी हुन् । 

मुख्यमन्त्री कार्यालयको सिफारिसमा मन्त्रीपरिषद् बैठकले उनीहरुलाई आयोगको जिम्मेवारी दिने निर्णय गरेको थियो । यस अघि कार्यवाहक उपाध्यक्ष रहेका श्याम बस्नेत सहितका टोली भने आयोगबाट हटेका छन् ।  

प्रमुख राजनीतिक सल्लाहकारमा अर्याल 

बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त गरेको छ । 

नेकपा एमालेका केन्द्रीय सदस्य समेत अर्याललाई  शुक्रबारको मन्त्रीपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । रसुवा जिल्ला घर भएका भएका अर्यालले प्रदेशको राज्यमन्त्री सरह सुविधा प्राप्त गर्नेछन् । 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १६:६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया