पछिल्लो २४ घन्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १ हजार १४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार १० हजार ९१६ जनाकाे परीक्षण गरिएकाे थियाे ।
पछिल्लाे २४ घन्टामा थप २१ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेहरूकाे संख्या १० हजार ९२४ पुगेकाे छ।
यही अवधिमा १ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार ९५८ सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।