लाेडर भीरबाट खस्दा सहचालककाे मृत्यु

संखुवासभामा लाेडर भीरबाट खस्दा सहचालककाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा खाँदबारी नगरपालिका-६ का २४ वर्षीय श्याम विश्वकर्मा रहेका छन्।

मकालु गाउँपालिका-३ सम्माटारमा शुक्रबार दिउँसो को १ क ४१२ नम्बरको लोडर भीरबाट सय मिटर तल खस्दा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। 

उनी जोगमुनी–किमाथांका नाका निस्कने कोसी राजमार्ग निर्माणमा प्रयोग भएको लोडरको सहचालक हुन्। विकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार ७:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया