म्यानचेस्टरमा दोस्रो इनिङको प्रतिक्षामा रोनाल्डो

अन्तर्राष्ट्रिय ब्रेकका कारण केही साता रोकिएको इंग्लिस प्रियिमर लिग शनिबार (आज) बाट पुनः सुरु हुँदैछ ।

लिग अन्तर्गत आज ८ खेल हुँदैछन् र तीमध्ये सवैको नजर म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेडबीचको खेलमा हुनेछ । किनकि रोनाल्डोले यही खेल मार्फत क्लबका लागि दोस्रो इनिङ सुरु गर्ने सम्भावना छ । 

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले पनि रोनाल्डो आजको खेलमा उत्रिने संकेत दिएका छन् । ‘रोनाल्डोले यो साता हामीसँग निकै राम्रो समय बिताएका छन्’, सोल्सायरले भने, ‘ उनी शनिबार केही समयका लागि मात्र भए पनि मैदानमा उत्रिने छन् । यो निश्चित छ ।’

खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा नेपाली समय अनुसार राति पौन आठ बजे सुरु हुनेछ ।

रोनाल्डो इटालियन क्लब युभेन्टसबाट यही सिजन १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । सन् २००३ देखि २००९ सम्म क्लबमा बिताउँदा उनले २९२ खेलमा ११८ गोल गरेका थिए ।

त्यसपछि सन् २००९ मा रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड हुँदै सन्२०१८मा इटालियन युभेन्टस पुगेका थिए । 
 





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार ११:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया