मेस्सी-रोनाल्डोभन्दा म उत्कृष्ट छु : ज्लाटन इब्राहिमोभिच

स्विडिस स्ट्राइक ज्लाटन इब्राहिमोभिचले आफू विश्वकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन् ।
 
इब्राहिमोभिचले अर्जेन्टिनी फरवार्ड लियोन मेस्सी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको वढी चर्चा हुने भए पनि क्षमताको आधारमा उनीहरू आफ्नो छेउछाउ पनि नरहेको दाबी गरेका हुन् ।

वर्तमान समयका उत्कृष्ट खेलाडी मानिएका मेस्सी र रोनाल्डोले मिलेर पछिल्ला १२ मध्ये ११ बलुन डि’ओर अवार्ड आफ्नो पक्षमा पारेका छन् । तर, इव्रिहामोभिचले ११ पटक मनोनयनमा परेको भए पनि अहिलेसम्म यो अवार्ड जितेका छैनन् ।

इब्राहिमोभिचले फुटबल इटालीसँगको कुराकानीमा भने, ‘यदि बलुन डि’ओर केही चिज हो भने पक्कै त्यसले मलाई याद गरिरहेको होला । आत्मविश्वासका साथ भन्छु म विश्वकै उत्कृष्ट खेलाडी हुँ । मेस्सी र रोनाल्डोमा भएका सबै गुण मसँग छन् । यदि हामी आन्तरिक गुणस्तरका बारेका कुरा गरिरहेका छौँ भने उनीहरू मभन्दा केही कुरामा पनि बढी छैनन् । उपाधि जितेको कुरा गर्नु हुन्छ भने हो मैले च्याम्पियन्स लिग जित्न सकेको छैन ।’

‘जब टिमले राम्रो गर्छ स्वभाविक रूपमा त्यसले व्यक्तिलाई पनि राम्रो फाइदा पुग्छ । तर, टिम राम्रो छैन भने एउटा व्यक्ति मात्र केही गर्न सक्दैन । त्यसैले मलाई लाग्छ कि म नै संसारको सबैभन्दा राम्रो खेलाडी हुँ’, उनले थपे ।

उनले बलुन डि’ओर प्रदान गर्न केकस्ता मापदण्ड ताेकिएका छन्, त्यसमा चासाे नरहेकाे पनि बताएका छन् ।
 


 





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १२:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया