नेपाल सद्भावना पार्टी र राष्ट्रवादी पार्टीबीच एकीकरण

नेपाल सद्भावना पार्टी र राष्ट्रवादी पार्टीबीच एकीकरण भएको छ । 

एकीकृत नयाँ पार्टीको नाम ‘नेपाल सद्भावना पार्टी’ रहने छ भने पार्टीको झण्डा, चुनाव चिन्ह र छाप नेपाल सद्भावना पार्टीले प्रयोग गर्दै आएको  हुनेछ। 

नेपाल सद्भावना पार्टी र राष्ट्रवादी पार्टीका प्रतिनिधिहरू बीच शनिबार संयुक्त बैठक सम्पन्न भई जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरी पार्टी एकीकरण गरिएको हो।

पार्टी एकीकरण समारोहमा बोल्दै तत्कालीन राष्ट्रवादी पार्टीका केन्द्रीय अध्यक्ष सहजाद मिया मिक्रानीले देश र जनताको विकासका लागि आफूहरूले पार्टी एकीकरण गरेको बताए । 

परम्परागत राजनैतिक शक्तिको विकल्पमा विचार, संगठन र कार्यपद्धतिको दृष्टिले अग्रगामी, लोकतान्त्रिक ढंगको राजनैतिक शक्तिको रूपमा नेपाल सद्भावना पार्टीलाई पुनःनिर्माण गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै आफूहरूले दुबै पार्टीलाई एउटै शक्तिमा समाहित गर्न सहमति गरेको उनकाे भनाइ छ ।
 
कार्यक्रममा नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले मधेशी, आदिवासी, जनजाती, थारु, मुस्लिम, दलित, पिछडावर्गलगायत सबै उत्पीडित समुदायहरूको आवश्यकतापूर्तिका लागि दुबै पार्टी एक भएको धारणा राखे । 

अहिलेको वर्तमान अवस्थामा सत्ता र भत्ताका लागि आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न राजनीतिक शक्तिहरुबिच टुटफुट भईरहेको उदाहरण प्रस्तुत गर्दै उनले आफूहरु सत्ता, भत्ता र कुर्सीका लागि नभई मधेसी जनताको अधिकारको लडाईंका लागि संघर्ष गर्न दुबै पार्टी बीचकाे एकीकरणलाई अपरिहार्य ठानेको बताए । 



पहिचान र अधिकार सहितको संघीयता, समृद्धि, सुशासन र समतामूलक समाजवाद स्थापित गर्न तथा मधेसमुक्ती आन्दोलनको आँधीबेरी सिर्जना गर्न अपरिहार्य भएकाले नेपालको राजनीतिमा अग्रगामी परिवर्तनकारी शक्तिको रूपमा रहेका दुबै पार्टी बीच एकीकरण गरिएको उनले स्पष्ट पारे ।

 



  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १४:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया