नेपाल र बंगलादेशबीच महिला फुटबलको इतिहास

नेपाली महिला टोलीले बंगलादेशसँग आइतबार (भोलि) दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । 

खेल नेपाली समयअनुसार साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने दाउमा हुनेछ । बंगलादेश पनि नेपाललाई स्तब्ध पार्ने प्रयासमा हुनेछ । 

इतिहासलाई हेर्ने हो भने नेपाल बंगलादेशविरुद्ध हाबी हुँदै आएको छ । हालसम्म यी दुई टोलीले ७ खेलमा एक–अर्काको सामना गरेका छन् । जसमा नेपालले ६ खेल आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको छ । 

नेपाले बंगलादेशविरुद्ध १४ (एक आत्मघाती सहित) गोल गर्दा मात्र २ गोल बेहोरेको छ ।  

यस्तो छ नेपाल र बंगलादेशबीचको इतिहास 

सन् २०१० : दक्षिण एसियाली खेलकुद  



सन् २०१० मा बंगदेश ढाकामा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबललाई पनि समावेश गरिएको थियो । सागमा महिला फुटबल समावेश गरिएको यो पहिलोपटक हो । 

नेपाल र बंगलादेशले यही सागमा पहिलोपटक एक–अर्काको सामना गरेका थिए । जुमना गुरुङले निर्णायक गोल गरेपछि नेपालले समूह चरणमा १–० कठिन जित हात पारेको थियो ।
  
सन् २०१० : साफ महिला च्याम्पियनसिप



सन् २०१०मै बंगलादेशले पहिलो संस्करणको साफ महिला च्याम्पियनसिपको आयोजना गर्यो । यही प्रतियोगितामा नेपाल र बंगलादेशले दोस्रोपटक एक–अर्काको सामना गर्ने मौका पाए । 
समूह चरणको यो भेटमा नेपाल ३–० ले विजयी भयो । नेपालका लागि जमुना गुरुङले २ र अनु लामाले १ गोल गरेका थिए । 

सन् २०१४ : साफ महिला च्याम्पियनसिप

पाकिस्तानले सन् २०१४ मा तेस्रो संस्करणको साफ च्याम्पियनसिप आयोजना गरेको थियो । 

प्रतियोगिताको सेमिफाइनलमा नेपाल र बंगलादेश आमने-सामने भए । यी दुईले पहिलोपटक नक आउट चरणमा एक–अर्काको सामना गरेका थिए । 

यो खेलमा नेपाललाई १–०को कठिन जित दिलाउने क्रममा सजना रानाले निर्णायक गोल गरेकी थिइन् । 

सन् २०१६ : दक्षिण एसियाली खेलकुद (साग)

सन् २०१६ मा भारतमा भएको दक्षिण एसियाली खेलअन्तर्गत महिला फुटबल सिलोङमा खेलाइएको थियो ।

समूह चरणको यो भेटमा नेपाले ३–०को सहज जित हात पारेको थियो । नेपालका लागि अनु लामा, दीपा अधिकारी र निरु थापाले १–१ गोल गरेका थिए । 

सन् २०१८ : महिला ओलम्पिक छनोट

सन् २०१८मा महिला ओलम्पिक छनोटअन्तर्गत समूह ‘सी’का खेल म्यानमारमा खेलाइएको थियो । यो समूहमा आयोजक म्यानमार, नेपाल, भारत र बंगलादेश थिए । 

समूह चरणको आ–आफ्नो अन्तिम खेलमा नेपाल र बंगलादेशले प्रतिपर्धा गरेका थिए । यो दक्षिण एसियाली प्रतियोगिता छाडेर यी दुईको पहिलो भेट हो । 

१–१ को बराबरीमा सकिएको खेलमा नेपालका लागि निरु थापाले गोल गर्दा बंगादेशकी अखि आतुनले गोल फर्काइन् । यो बंगलादेशले नेपालविरुद्ध गरेको पहिलो गोल हो ।

सन् २०१९ : साफ महिला च्याम्पियनसिप

सन् २०१९ मा नेपालले पहिलोपटक घरेलु मैदानमा बंगलादेशको सामना गरेको थियो । साफ महिला च्याम्पियनसिपअन्तर्गत विराटनगरमा भएको खेल नेपालले ३–० ले आफ्नो पक्षमा पार्यो । 

समूह चरणको भेटमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अञ्जलीकुमारी योञ्जनले १–१ गोल गर्दा आत्मघाती उपहारस्वरुप १ गोल प्राप्त भयो । 

सन् २०२१ : पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपालले गएको बिहीबार घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलको थियो । यो यी दुईबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो । 

घरेलु टोली नेपाललाई २–१ को कठिन जित दिलाउन सविता राना र प्रीति राईले १–१ गोल गर्दा बंगलादेशकी तेहुरा खातुनले १ गोल फर्काइन् ।

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १७:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया