एमसिसी नेपालको हितमा भए मात्र स्वीकार गर्छौं : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निःसर्त रुपमा एमसिसी स्वीकार गर्न नसकिने बताएका छन् । नेपालगन्जमा युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसिसी स्वीकार हुने बताएका छन् ।  

नेपालको हित विपरीत हुने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँदै उनले एमसिसीले सैन्य गतिविधिबारे प्रस्ट पार्नुपर्ने अनि मात्र एमसिसीमा छलफल गर्न सकिने बताए । 

आफूले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि नेपालको स्वाभिमान कायम हुने गरी जवाफ आए मात्र त्यस विषयमा छलफल गर्न सकिने सुझाब दिएको नेता नेपालले बताए । 

उनले आफूहरू माओवादीमा विलय हुने भन्ने हल्ला चलेको भन्दै त्यसलाई भ्रम मात्रै भएको बताए । माओवादीसँग एकताको सम्भावना नरहेको तर आगामी निर्वाचनमा गठबन्धन भने गरेर अगाडि बढ्ने उनले बताए ।





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार २१:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया