दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश भिड्दै

नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आइतबार (आज ) साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ ।

पहिलो मैत्रीपूर्ण खेलमा २–१ जित हात पारेको घरेलु टोली नेपाल आज पनि सोहि नजितालाई दोहो¥याउने प्रयासमा हुनेछ । बंगलादेश पनि पहिलो खेलमा बेहोरेको हारको बदला लिने दाउमा छ ।

इतिहसालाई हेर्ने हो भने नेपाल बंगलादेशमाथि हाबी हुँदै आएको छ । यी दुई टोली हालसम्म ७ खेलमा आमने सामने भएका छन् । जसमा नेपाल ६ खेलमा विजयी हँदा १ खेल बराबरीमा सकिएको छ ।

दुवै टोलीले एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेलिरहेका हुन् ।

छनोटमा नेपाल हङकङ र फिलिपिन्ससँगै समूह ‘एफ’ मा रहँदा बंगलादेश रहेको समूह ‘जी’ मा जोर्डन र इरान छन् । 


 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार ७:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया