लिग वानमा पिएसजीको लगातार पाँचौ जित

फ्रेन्च लिग वान अन्तर्गत शनिबारराति भएको खेलमा घरेलु टोली पेरिस सेन्ट ( जर्मेन (पिएसजी)ले क्लेरमोन्टमाथि ४–० को सहज जित हात पारेको छ ।

पिएसजीका लागि आन्द्रे हेरेराले २, केलियन एमबाप्पे र इद्रिसा गुइयेले १–१ गोल गरे । खेलको २०औँ मिनेटमा हेरेराले गाल गदै टोलीलाई अग्रता दिलाए ।

३१औँ मिनेटमा हेरेराले नै व्यक्तिगत पहिलो तथा टोलीका लागि दोस्रो गोल गरे । ५५ औं मिनेटमा एमबाप्पे र ६५ औं मिनेटमा गुइयेले गोल गरेपछि पिएसजीले सहज जित दर्ता गर्‍यो । 

यो नतिजासँगै पिएसजी ५ खेलमा शतप्रतिशत जित सहित १५ अंक जोडेर लिगको शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट ८ अंकका साथ क्लेरमोन्ट चौथो स्थानमा छ । 

लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा लोरियन्टले लिलीमाथि २–१, मार्सेलीले मोनाकोमाथि २–० को जित हात पारे ।





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार ९:२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया