नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।
प्रति ताेलामा ४०० रुपैयाँले घटी ९० हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार प्रति ताेला ९० हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसै गरी सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा २० रुपैयाँ घटी एक हजार १९५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।