अतित सम्झँदै सरोज खनाल

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । श्रेष्ठको स्वरमा जिन्दगीका उर्जाशील दिनहरू सम्झना गर्दै निर्माण गरिएको ‘जीवनका पाना पुरानो अब भएर गएछ’बोलको नयाँ गीत सार्वजनिक भएको हो।

बमकुमार श्रेष्ठले लेखेको यो गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । देवेन्द्र नेवाले गीतमा संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियो निकै मार्मिक रूपमा निर्माण गरिएको छ । राज केसीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता सरोज खनालले अभिनय गरेका छन्। गीतको भाव अनुसार म्युजिक भिडियोमा पुराना दिनको स्मरण गरिएको छ । गीतको म्युजिक भिडियोमा एउटा कलाकारको सम्पूर्ण जीवन देखाउने प्रयत्न गरिएको छ ।

उमेर ढल्किएपछि एउटा बुढो कलाकार आफ्नो तन्नेरी वयमा बारम्बार कसरी फर्किएर पुग्छ भन्ने कुरा म्युजिक भिडियोमा देखाइएको छ । भिडियो निर्माणका क्रममा सरोज खनालले अभिनय गरेका विभिन्न चलचित्रका दृष्य समावेश गरिएको छ । सरोज खनालकौ कन्सेप्टमा निर्माण भएको म्युजिक भिडियोले धेरैलाई भावुक बनाउँछ । मध्ये भागमा गायककै रूपमा देखिएका मदनकृष्ण श्रेष्ठको उपस्थितिले दर्शक अझै भावुक बन्छन् ।

स्वरमा मदनकृष्ण र अभिनयमा सरोज खनाल निकै खुलेका छन् । गीतको भाव र उनीहरूले अहिले बाँच्दै गरेको जीवनको यथार्थ मिसिएकाले पनि गीत र भिडियो दुबै जीवन्त बनेका छन् ।

म्युजिक भिडियोमा लक्ष्मण प्रसाद अधिकारी, राजेन्द्र कट्टेललगायत केही कलाकार पनि देखिएका छन् । उत्तम हुमागाईंको छायांकन रहेको भिडियो सम्पादन रमेश थापाले गरेका हुन् ।
 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १२:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया