नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको पहिलो संसदीय दलको पहिलो बैठक बस्दै

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको पहिलो संसदीय दलको बैठक आज बस्दैछ । आधिकारिक रूपमा विभाजनको चिठी आएसँगै संसदीय दलको बैठक बस्न लागिएको हो । 

आजै बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने बुझिएको छ । साथै सचेतक पनि आजै नियुक्त हुने नेताहरूले बताएका छन् । 

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा लैजाने तयारी भएको छ ।

दलको बैठकका लागि संसदीय दलको कार्यालय पनि प्रदेशसभा सचिवालयले खोलिसकेको छ ।
 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १५:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया