यसरी बनाउनुहोस् स्वादिष्ट चिकेन परिकार

नेपालीकाे महान् चाड दसैं सुरु भइसकेकाे छ । दसैं अाएसँगै घरबाट बाहिर रहेका परिवारका सदस्य धमाधम गाउँ फर्किने क्रममा छन् । यसरी वर्षदिनमा भेला भएका परिवारका सदस्यहरूले रमाइलाे गर्नुका साथै विभिन्र परिकार बनाएर खाने प्रचलन पनि छ । अझ मांसाहारीका लागि दसैं भनेकाे मासु खाने पर्व हाे भन्हदा फरक पर्दैन । दसैंमा सामान्य अवस्थामा भन्दा माछामासु अलिक बढी नै खाने प्रचलन छ । यही सन्दर्भमा यहाँ  कुखुराका विभिन्र परिकार बनाउने तरिका  सिकाइएकाे छ ।

 

चिकेन टिक्का 

आवश्यक सामग्री

२ सय ५० ग्राम हड्डी नभएको कुखुराको मासु (चौकोर काटेको), एक कप हरियो धनियाँ, एक मुठी पुदिना, चारवटा लसुनका पोटी, तीन ठूलो चम्चा ताजा क्रिम, एक ठूलो चम्चा मैदा, दुई ठूलो चम्चा तेल, नून स्वादअनुसार ।

पकाउने विधि 



धनियाँ, पुदिना, लसुन र नुन मिसाएर पेस्ट बनाउने । यो मिश्रणलाई कुखुराको मासुमा मोलेर एक घन्टा मेरिनेट गर्ने । क्रिम, मैदा र एक ठूलो चम्चा तेल मिसाएर मेरिनेट गरिएको मासुमा लगाउने र झिरमा उनेर तेल दल्दै कोइलाको रापमा सेक्ने । वास्तविक स्वाद लिन यसलाई तात्तातै खानुपर्छ ।


मंगोलियन चिकेन



बनाउने तरिका

सिंगो कुखुरालाई चार भाग लगाएर काट्ने । यसमा रफ कट प्याज, अदुवा, लसुन, गाजर तेजपात, सुकेको खुर्सानी, दालचिनी, स्टार एनिस, सोया सस, तेल । कराही वा डेक्ची, प्यान, कुकर घरमा जे छ, त्यसमा चिकेन राखी ८ सय एमएलदेखि एक लिटरसम्म पानी राखेर घटीमा ३५ मिनेट र बढीमा ४५ मिनेट पकाउने । त्यसपछि कुखुराको पिस निकाली फ्राई गर्ने । फ्राइड कुखुराका लागि सस बनाउने ।

सस बनाउन चाहिने सामग्री
१. तेल ५० एमएल
२. प्याज चप १ सय ग्राम
३. अदुवा चप ५० ग्राम
४. लसुन चप ५० ग्राम
५. गोलभेँडा चप ५० ग्राम
६. धनियाँ चप ५० ग्राम
७. सोया सस ४० एमएल
८. नुन र मरिचको धुलो स्वादअनुसार
९. लसुन र प्याजको डाँठ ५० ग्राम
१०. रम ३० एमएल
११. कर्न फ्लावर आवश्यकताअनुसार

बनाउने तरिका

पहिला भाँडोमा तेल हाली तताउने । त्यसमा प्याज, लसुन, अदुवा, गोलभेँडा, धनियाँ हाली चलाउने । त्यसपछि सोया सस, रम, नुन, मरिचको धुलो, लसुन र प्याजको डाँठ हाली चलाउने । थोरै पानी राखी पकाउने र अघि फ्राई गरेको चिकेन त्यसमा हाली राम्रोसँग चलाउने । अब मंगोलियन चिकेन तयार भयो ।


चिकेन चिल्ली 

आवश्यक सामग्री

हड्डी नभएको चिकेन ३ सय ग्राम, काटिएको प्याज ८० ग्राम, डाइस्ड क्याप्सिकम ८० ग्राम, गोलभेंडा ५० ग्राम, लसुन १५ ग्राम, लामो हरियो खुर्सानी २० ग्राम, स्प्रिङ अनियन ३० ग्राम, हट सस ५० मिलि, टमेटो केचप ३० मिलि, सोय सस ५ मिलि, नुन मरिच स्वादअनुसार, सजावटका लागि धनियाँ, सिजन्ड फ्लोर २० ग्राम, हरियो सलाद १ सय ग्राम ।

बनाउने विधि

चिकेनलाई एकै किसिमको टुक्रामा काट्ने । सिजन्ड फ्लोरले कोट गरिदिने । प्यानमा तातिएको तेलमा डिप फ्राइ गर्ने । प्यानमा भेजिटेबललाई भुट्ने । त्यसैमा फ्राइ गरिएको चिकेन र सस हालेर मिक्स गर्ने ।

  • प्रकाशित मिति : असोज २८, २०७५ आइतबार १३:४७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया