बागमती प्रदेश नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको बैठकले राजेन्द्र प्रसाद पाण्डेलाई दलको नेता चयन गरेको छ । 

बागमती प्रदेशसभा परिसरकै भवनमा बसेको बैठकले पाण्डेलाई दलको नेताको रूपमा निर्वाचन गरेको हो । नेता पाण्डेका अनुसार दलको विधान पारित गरेको छ । 

साथै, नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई नेकपा (एकीकृत समाजवादी)को समर्थन नरहेको पनि उनले स्पष्ट गरे । ‘अष्टलक्ष्मी शाक्य जो एमालेको तर्फबाट मुख्यमन्त्री हुनुहुन्थ्यो उहाँलाई हाम्रो दलको तर्फबाट समर्थन नहुने जानकारी गराइयो’, उनले भने । 

नेता पाण्डेले अघि भने, ‘यो राष्ट्रिय राजनीतिले ल्याएको परिस्थिति हो । ७ मध्ये १ प्रदेशमा जसपाको मुख्यमन्त्री हुनुहुन्छ । अन्य ६ वटा प्रदेशमा ३ वटा पार्टीले २/२ वटा हात पारेको अवस्था हो । गण्डकी प्रदेशमा कांग्रेसले पाइसकेको छ । ३ वटा प्रदेशमा माओवादी केन्द्रले प्राप्त गरेको छ । कर्णालीमा माओवादीले कांग्रेसलाई दिने भनेको छ । त्योमध्ये बागमतीमा एकीकृत समाजवादीलाई दिने भन्ने गठबन्धनमा रहेका शीर्ष नेताहरूबीच समझदारी भएको भनिएको छ ।’





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १७:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया