सुरेशकुमार द्यःलाको पुस्तक ‘सत्यम् शिवम् सुन्दरम्’ प्रकाशित

चित्रकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा रचित पुस्तक ‘सत्यम् शिवम् सुन्दरम्’ प्रकाशित भएको छ।

सत्यम् शिवम् सुन्दरम्को वास्तविक अर्थ चिन्तनमा सत्य, कर्ममा शिवत्व र प्रत्यक्षमा सौन्दर्यको तत्त्वबोध हो । सत्यम्, ईश्वर परम सत्य हो, शाश्वत, अविनाशी छ । समयको धुलो सत्यमा चढ्दैन । सत्य सत्य रहन्छ । शिवम्को अर्थ उदार, शुभ, पवित्र हो । जसले शान्ति, खुसी, आनन्द र सबैलाई माया दिन्छ । सुन्दरम्–शिव सुन्दर छन्, जो साँचो र शुभ छ, त्यही सुन्दर छ। 

यही सिद्धान्तको प्रयोग गरी सत्कर्ममा लाग्नसके जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने सन्देश पनि यस पुस्तकले दिएको छ । 

पुस्तकमा पौराणिक कथाको महत्त्व र धार्मिक ग्रन्थहरूको विस्तृतरूपमा वर्णन गरिएको छ। देवीदेवताको उत्पत्ति, शक्ति स्वरूप, गुण आदि घटनालाई साररूपमा शब्द र चित्रद्वारा रचिएको छ। यस पुस्तकमा चित्र सहित कथासंग्रहको उपयुक्त वर्णन गरिएको छ ।

प्रत्येक शीर्षकमा शीर्षकसँग सम्बन्धित घटनाक्रमको चित्र देखाइएको छ र प्रत्येक चित्रको तल क्यानभासमा तयार पारिएको चित्रको आकार समेत उल्लेख गरिएको छ । चित्र एक्रिलिक कलरबाट तयार पारिएको छ । 

चित्रकार द्यःलालाई सम्पूर्ण चित्र तयार पार्न २० वर्ष लागेको थियो । २० वर्ष लगाएर उनी पहिला चित्र तयार पारेका थिए अनि मात्र पछिपुस्तक लेख्नेसोच उनमा पलायो । साथीभाइ र परिवारको सहायताले उनी पुस्तक लेख्न सफल भए । 



पुस्तकले समुद्र मन्थन, गंगाको पृथ्वीमा अवतरण, कृष्ण र शिवको युद्ध, चन्द्रले शिवलाई शितलता दिएको र देवी दुर्गाको उत्पत्ति लगायतका थुप्रै शीर्षकहरूबारे यथेष्ट जानकारि दिएको छ। 

हिन्दु धर्म र संस्कृतिसँग  सम्बन्धित पौराणिक पुस्तकहरू बृहत् र विशाल हुनाले बुझाइमा कठिनाइँ र जटिलता आउने गर्छ तर यो पुस्तकमा धार्मिक ग्रन्थका महत्त्वपूर्ण घटना तथा महिमाहरूलाई छोटो, सरल र सहज तरिकाबाट लेखकद्वारा प्रस्तुत गरिएको छ। यसले पाठकहरूलाई पृथक स्वादको अनुभूति गराउने छ । 



वी रिडले प्रकाशन गरेको यस पुस्तकमा उल्लेखित विषयहरू पाठकहरूको लागि पठनीय र अनुशरणीय हुने प्रकाशकको दाबी छ । जम्मा १०४ रंगीन पृष्ठको सत्यम् शिवम् सुन्दरम्पुस्तकको मूल्य १२५० रुपैयाँ रहेको छ ।

यसअघि वी रिडबाट चित्रकार द्यःलाको चित्रमा कवि मन्जुलद्वारा रचित कविताहरूको संग्रह हाम्रा कवि र साहित्यकार प्रकाशित छ ।

  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १७:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया