नेपाल र बंगलादेशबीच दशरथ रंगशालमा जारी दाेस्राे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलकाे पहिलाे हाफ गाेलरहित बराबरी भएकाे छ ।
दुवै टाेलीले पाएका केही अवसरलाई गाेलमा परिणत गर्न सकेनन् ।
खेलकाे छैटाैं मिनेटमा नेपाली गाेलरक्षक अञ्जना राना मगरकाे गल्तीमा सुवर्ण अवसर पाए पनि त्यसलाई बगंलादेशी खेलाडीले सदुपयाेग गर्न सकेनन् ।
आठाैं मिनेटमा अमृता जैसीकाे प्रहारलाइ बंगलादेशी गाेलरक्षक रूप्ना चक्माले बचाइन् ।
१० औं मिनेटमा सरु लिम्बुकाे प्रहारलाई रुक्माले नै बिफल बनाउँदा नेपाल अग्रता लिनबाट चुक्याे ।
३० औं मिनेटमा श्रीमाेती सरकारकाे प्रहार क्रस बारमा लागेर बाहिरिँदा बंगलादेशले अग्रता लिन सकेन ।
४३ औं मिनेटमा विमला चाैधरीले पाएकाे राम्रो अवसरलाई सदुपयाेग गर्न सकेनन्।
नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध खेलेका सात खेलमध्ये कुनै पनि खेलमा नेपाल पराजित भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।