प्रचण्डको चिन्ता— म पनि एक दुई वर्षमा एक्लिने हो कि ?
फरकधार / २७ भदौ, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू केही वर्षमा एक्लिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।



आइतबार काठमाडौंमा नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नामको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले माओको उदाहरण दिँदै आफू एक्लिन सक्ने अनुमान गरेको बताएका छन् ।

उनले एक दुई वर्षपछि आफू एक्लो हुनुपर्ने र माओले जस्तै एक्लै छु भन्ने पनि अवस्था आउन सक्नेबारे आजभोलि आफूले पनि सोच्न थालेको बताएका छन् ।

‘माओले जस्तै एक्लै छु भन्नु पर्ने हो कि ?’, उनले प्रश्न गरेका छन्, ‘यो रोग के हो कम्युनिस्ट आन्दोलनभित्र ?’



उनले यही कार्यक्रममा पहिले आफूहरुले लेनिन र स्टालिन साथी भएको बुझे पनि यथार्थ त्यस्तो नभएको पनि बताएका छन् ।

‘के यो व्यक्तिगत कुरा हो,’ उनले प्रश्न गरेका छन्, ‘हामीले इतिहास तथा आन्दोलनका योगदानप्रति सोच्दा कसरी सोच्ने रहेछौँ भन्नेबारे बुझ्नु पर्ने होइन ?’

  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार २०:४९:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया