अरुण काबेलीले सेयर धनीलाई १७.८९ प्रतिशत लाभांश दिने

अरुण काबेली पावर लिमिटेडले आफ्ना सेयर धनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शनिबार काठमाडौंमा भएको साधारणसभाले सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशतका दरले बोनस सेयर लाभांश दिने भएको हो । 

साथै कम्पनीले सेयरधनीलाई कर प्रयोजनका लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ । 

पाँचथर र ताप्लेजुङको बीच भएर बग्ने काबेली नदीमा २५ मेघावाटको जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । ०७६ कार्तिक २३ बाट व्यापारिक उत्पादन सुरु गरेको अरुण काबेली पावर लिमिटेडले ७०.६७ करोड आम्दानी गरिसकेको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार २०:५९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया