युएस ओपन टेनिसको उपाधि मदभेदेवलाई

विश्व नम्बर दुई रसियन खेलाडी डानिल मदभेदेवले युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि हात पारेका छन् ।

मदभेदेवले सोमबार बिहान भएको फाइनलमा विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिजलाई सोझो सेटमा पराजित गर्दै आफ्नो करिअरको पहिलो ग्राण्डस्लाम उपाधि उचाले ।

मदभेदेवले तीनै सेटमा समान ६-४ को जित निकाले । पराजयसँगै यो वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्वल्डनको उपाधि हात पारेका जोकोभिचको  कीर्तिमानी २१ औँ ग्राण्डस्लाम उपाधि हात पार्ने सपना अधुरै बनेको छ ।

यदि यो खेल जितेको भए जोकोभिचले राफाल नाडाल र रोजर फेडेररलाई पछि पार्ने थिए । 
 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ८:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया