सिंगापुरका युवा बलिङ अलराउन्डर जनक प्रकाशले काठमाडौँ किंग्स ११ बाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् ।
काठमाडौँले उनलाई दोस्रो विदेशी खेलाडीको रूपमा अनुवन्ध गरेको हो । यसअघि उसले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलाई टोलीमा भित्र्याएको थियो ।
तीव्र गतिका बलर प्रकाश तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने क्षमता पनि राख्छन् । २१ वर्षीय उनले सिंगापुरका लागि १५ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
सिंगापुरको यु-१९ टिमको कप्तानी समेत गरिसकेका प्रकाशले १५ टि-२० अन्तर्रास्ट्रियमा १७ विकेट लिनुका साथै ११८ रन बनाएका छन् ।
आगामी असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने इपिएलको चौंथो संस्करणमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।