नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । दिउँसो साढे २ बजेपछि पार्टी कार्यालयमा बैठक बोलाइएको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।
बैठकमा बाँकी रहेका वडा अधिवेशन तथा महाधिवेशन निष्पक्ष रुपमा गर्ने विषयमा छलफल हुन लागेको उनले जानकारी दिए । आगामी मंसिरमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको वडा तहको अधिवेशनहरु भइरहेको छ ।
सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एकपक्षीय रुपमा वडा अधिवेशन गरिएपछि पौडेल पक्ष रुष्ट छ । पौडेल पक्षले सभापतिका लागि साझा उम्मेदवारको पनि खोजी गरिरहेको छ ।
वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताले सभापतिमा दाबी गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।