नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गर्दै

एएफसी महिला एसियन कप छनोट खेल्ने नेपाली टोली सोमबार (आज) उज्वेकिस्तान प्रस्थान गर्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली राति ११ बजेको फ्लाइटमार्फत टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछ । 

छनोटका लागि नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय टोली घोषणा गरेको भए पनि डिफेन्डर पुनम जर्घा मगर भने मुटुको समस्याका कारण  टोलीबाट बाहिरिएकी छन् । 

एन्फाले पुनमको स्थानमा कुनै खेलाडी नराखिएकाले २२ खेलाडी उज्वेकिस्तान जाने बताएको छ । 

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटको समूह ’एफ’मा नेपाल, फिलिपिन्स र हङकङ छन् । 

नेपालले सेप्टेम्बर १८ (असोज २) मा फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । उसले दोस्रो खेलमा सेप्टेम्बर २१ (असोज ५)मा हङकङको सामना गर्नेछ । 



समूहको शीर्ष टोलीले अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने महिला एसियन कप खेल्नेछ ।

नेपाली टोली : एन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सरु लिम्बु,अमृता जैसी, अनिता बस्नेत, विमला बिक, दिपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्द्र राई, मञ्जली कुमारी योञ्जन, निशा थोकर, प्रिती राई, अनिता केसी, पूजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सिर्जना सिंह र विमला चौधरी 
 



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ११:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया