एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ । 

एमाले विभाजनपछि गठित एकीकृत समाजवादी पार्टीले पहिलो पटक संसदीय दलको बैठक आज दिउँसो एक बजेका लागि बोलाएको हो ।

नेकपा (एकीकृत समाजवादी)पार्टीकी प्रदेशसभा सदस्य दुर्गाकुमारी विकले बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयको भवनमा बस्ने कार्यसूची तय भएको जानकारी दिइन् । 

उनले भनिन्, ‘निर्वाचन आयोगबाट संसदीय दलले आधिकारिकता पाएको पत्र शुक्रबार प्रदेशसभा सचिवालयमा पुुगेको छ । बैठकमा संसदीय दललाई पूर्णता दिने, कार्यालय व्यवस्थापन गर्ने, दलको नेता चयन गर्ने लगायतका समसामयिक विषयमा छलफल हुनेछ ।’

बैठकमा संसदीय दलको प्रमुख सचेतक, सचेतक र दलको नेता चयनका विषयमा पनि छलफल हुनेछ । आपसी सहमति जुटेमा संसदीय दलको नेता सोमबारकै बैठकबाट चयन हुने सम्भावना रहेको पार्टी स्रोतको भनाइ छ । 

१४ जना प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेशसभामा पहिलो दल बनेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, एमालेका तत्कालीन प्रमुख सचेतक तारालामा तामाङ, पूर्व उद्योग, पर्यट वन तथा वातावरणमन्त्री माया भट्ट आकांक्षी छन् ।
 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १२:१३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया