एक दिवसीय र टी–२० क्रिकेटको कप्तानी छोड्दै विराट

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एक दिवसीय र टी–२० क्रिकेटको कप्तानी छोड्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनले भारतीय क्रिकेटको सेतो बलका प्रतियोगिताबाट कप्तानको भूमिकाबाट बिदा लिने बताइएको छ । उनको सट्टा भारतीय टोलीका ओपनिङ ब्याट्म्यान रोहित शर्माले उक्त जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ । 

आउँदो अक्टोबर तथा नोभेम्बरमा हुने टी–२० विश्वकप पश्चात कोहलीले कप्तानी छोड्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सञ्चार माध्यमकाअनुसार ३२ वर्षीय विराटले भारतीय टोलीका म्यानेजर र उपकप्तान रोहितसँग यस बारेमा लामो समय कुरा गर्दै आएका छन् । 

उनले रोहितसँग कप्तानीको जिम्मेवारी बाढ्ने निर्णय गरेका हुन् । उनले पछिल्लो महिनाबाट टोलीका म्यानेजर र रोहितसँग यसबारे छलफल अघि बढाएका हुन् । 

विराट आफैंले छोड्लान् त कप्तानी !    

तीनतर्फको कप्तानीको जिम्मेवारीले गर्दा विराटको ब्याटिङ प्रभावित भएको बताइएको छ । कोहली आफैं पनि आफ्नो ब्याटिङबाट सन्तुष्ट छैनन् । उनी आफैं पनि ब्याटिङमा स्पिड कमी भएको महसुस गरिरहेका छन् । 



भारतीय सञ्चार माध्यमका अनुसार विराट आफैंले कप्तानीबाट राजीनामा दिनेछन् । उनले टी–२० र एक दिवसीय क्रिकेटको कप्तानीबाट राजीनामा दिएर आफ्नो ब्याटिङ सुधार गर्नतर्फ भ्यान दिने बताइएको छ । 

आगामी २०२२ र २०२३ मा भारतले दुई वटा विश्वकप खेल्ने छ त्यसका लागि विराटको ब्याटिङ महत्वपूर्ण मानिएको छ । उनले यसैको तयारीका लागि कप्तानीको जिम्मेवारी कम गर्न लागेका हुन् । 



टेष्टको कप्तानीमा रहलान् विराट ?

यदि रोहित शर्माले एक दिवसीय र टी–२० को कप्तानीको जिम्मेवारी सम्हालेको अवस्थामा विराटले टेष्ट क्रिकेटको कप्तानी भने सम्हाल्नेछन् । भारतीय सञ्चार माध्यमका अनुसार विराटले अझै ५–६ वर्षसम्म क्रिकेट खेल्छन् ।

उनलाई कप्तानीको भार कम परेमा भारतीय क्रिकेटलाई धेरै ठूलो योगदान दिन सक्ने खेलाडी भएकाले उनलाई केही हल्का गराउन लागिएको हो । उनको खेल टोलीका लागि महत्वपूर्ण भएकाले सेतो बलका प्रतिस्पर्धाको कप्तानीबाट अलग गराउन खोजिएको हो । 

२०१४ अचानक बनेका कप्तान 

विराट कोहलीलाई २०१४ को टेष्टमा अचानक कप्तान पदको जिम्मेवारी दिइएको थियो । त्यस समयमा अष्ट्रेलियासँगको खेलमा भारतलाई जित्नुपर्ने थियो । 

त्यसै समयमा भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए । जसका कारण विराट कोहलीलाई अचानक कप्तानको जिम्मेवारी दिइएको थियो । 

त्यसपश्चात २०१७ मा धोनीले सबै किसिमका क्रिकेटको कप्तानीबाट राजीनामा दिए । तब विराटले तीनै फम्र्याटको क्रिकेटको कप्तानी सम्हालेका थिए । विराट कप्तानको रुपमा निकै सफल मानिन्छन् ।

उनले ६५ वटा टेष्ट म्याचको कप्तानी सम्हाले । जसमा उनले ३८ वटा खेलमा टोलीलाई सफलता पनि दिलाए । यसका साथै एक उनले ९५ वटा एकदिवसीय म्याच खेलेका छन् । जसमा उनले ६५ म्याचमा सफलता दिलाएका छन् । त्यस्तै ४५ टी–२० अन्तराष्ट्रिय खेलमा उनको कप्तानीमा भारतले २९ खेल जितेको छ ।
 

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १२:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया