नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक : उपनेता खनाल, प्रमुख सचेतक सिग्देल र सचेतक हुमागाईं
गठबन्धनको सरकार बनाउन छलफल गर्ने जिम्मा पाण्डेलाई

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य कृष्ण प्रसाद खनाललाई चयन गरेको छ । 

संसदीय दलको कार्यालय हेटौंडामा बसेको बैठकले खनाललाई दलको उपनेतामा चयन गरेको हो । हिजो बसेको बैठकले दलको नेताका रूपमा राजेन्द्र पाण्डेलाई चयन गरेको थियो । 

साथै, प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतीले चयन गरिएको जानकारी पार्टीले विज्ञप्तिमार्फत गराएको छ । 

त्यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको छ । 

तीन दलको सरकार निर्माण भएपश्चात सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधव प्रसाद पौडेल, बसन्त प्रसाद मानन्धर , मीना ज्ञवाली र वसुन्धरा हुमागाईंलाई जिम्मा दिइएको नेकपा एकीकृत समाजवादीले बताएको छ । 

त्यस्तै ५६ प्रदेशसभा सदस्य रहेको बागमतीमा १३ जना नेकपा एकीकृत समाजवादीका सांसदहरू रहेको हुनाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाइसकेको व्यहोरा उल्लेख गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘बहुमत गुमाइसकेको सरकारलाई वर्तमान अवस्थामा विकास निर्माणका नयाँ कार्यक्रमहरू स्वीृकत गर्न, निश्चित सर्तका आधारमा वितरण गर्ने गरी राखिएको भागवण्डाकाे रकम निकासा नगर्न र आर्थिक अनुशासनलाई कायम गर्न प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गर्ने निर्णय गरिएको छ ।’



 



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १५:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया