नेप्सेमा झिनो अंकले वृद्धि

साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकले वृद्धि भएको छ । सोमबार ०.७ अंकले वृद्धि हुँदै नेप्से परिसूचक २९४७. ६९ पुगेको छ ।

बजारमा २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर खरिदबिक्री भएको छ भने ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँ कारोबार भएको छ ।

ती कम्पनीको भाउ १० प्रतिशतले वृद्धि भएको छ । अरुण भ्याली हाइड्रोपावरले आइतबार ६१ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरी अगाडि देखिएको छ ।

दोस्रो र तेस्रो स्थानमा क्रमशः युनाइटेड मोदी र नेसनल हाइड्रोपावर परेका छन् । यसअघि आइतबार ७१.४३ अंक बढेर २९४७.४२ बिन्दुमा पुगेको थियो । 

गत साताको अन्तिममा नेप्से करिब ५१ अंक घटेर २८७५.९८ बिन्दुमा बन्द भएको थियो ।

 




 



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १५:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया