टस हारेर फिल्डिङ गर्दै नेपाल

आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सोमबार (आज)बाट सुरु हुँदैछ । 

सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन् । खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा चार बजे सुरु हुनेछ ।

नेपालको सुरुवाती ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, करण केसी, सुसन भारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटकपर), सन्दीप लामिछाने र विक्रम शोब ।





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १५:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया