एमालेले बहिष्कार गरेको सर्वदलीय बैठकले निकाल्न सकेन निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारका बीच बसेको सर्वदलीय बैठक सकिएको छ । बैठकले ठोस निष्कर्ष निकाल्न सकेको छैन । 

प्रतिनिधिसभाको नवौं अधिवेशनमा निरन्तर अवरोध गरिरहेको नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा उपस्थिति जनाएन । बैठकबाट निस्किएर सञ्चारकर्मीसँग कुराकानी गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले ठोस निष्कर्ष नआएको सुनाए । उनले भने, ‘केही निष्कर्ष आएको छैन ।’ 

सभामुखले के भन्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा ठाकुरले जवाफ दिए- ‘सभामुखले भन्नुभयो-मैले छलफल गरिरहेको छु । सदन खुलाउन अझै पहलकदमी गर्छु ।’

त्यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले पनि सदन अवरुद्ध सुचारु गर्नेबारे छलफल भएको बताइन् । उनले भनिन्, ‘आजको बैठकको मुख्य एजेण्डा एउटा मात्रै थियो- सदन अवरोध । यसलाई निष्कर्षमा लैजानका लागि प्रतिपक्षीकाे लिडरहरूले नै नामावली दिएको हुनाले वाद संवादबाट नै हरेक निर्णय हुनुपर्छ ।’
 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १७:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया