आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।
सन्दीप लामिछानेले १०औँ ओभरको अन्तिम बलमा सुशान्त मोदानीलाई व्यक्तिगत १६ रनमा एलबिडब्ल्यू आउट गराए ।
यसअघि विक्रम सोबले चौथो ओभरको अन्तिम बलमा स्टिभन टेलरलाई व्यक्तिगत १४ रनमा कुशल भुर्तेलबाट क्याच गराँदै नेपालाई पहिलो सफलता दिलाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।