प्लास्टिकको बोत्तलमा पानी पिउँदा हुन सक्छन् यस्ता बेफाइदा

हामी सबै दैनिक जीवनमा पानी पिउनका लागि प्लास्टिकका बोतल प्रयोग गर्छौं । पानी भरेर राख्छौँ र आवश्यक पर्दा प्रयोग गर्छौं । प्लास्टिक हाम्रो जीवनको एक हिस्सा बनिसकेको छ ।

तर, प्लास्टिकको बोत्तलमा पानी पिउनु स्वास्थ्यका लागि भने हानिकारक हुन सक्छ । प्लास्टिक जस्तो किसिमको होस्, स्वास्थ्यका लागि यो हानिकारक नै छ ।

प्लास्टिकको बोत्तल केमिकल्स र ब्याक्टेरियाबाट भरिएको हुन्छ, जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक छ ।

जानिराखौँ, प्लस्टिकको बोत्तलमा पानी पिउँदा के–कस्तो नोक्सान हुन्छ त ?

हानिकारक रसायनले बन्ने मात्र होइन, प्लास्टिकले फ्लोराइड, आर्सेनिक र एलुमिनियमजस्ता पदार्थ पनि उत्पन्न गर्छ, जो मानव शरीरका लागि विषक्त हुन्छ । त्यसैले, प्लास्टिकका बोत्तलमा पानी पिउनु भनेको हामीले आफ्नो शरीरलाई मन्द विष चढाउनु नै हो ।

प्लास्टिक तातो वातावरणमा पग्लिन थाल्छ । जब हामी पानी भरिएको प्लास्टिकको बोत्तललाई घाममा राख्छौँ, तब सूर्यको तापका कारण यसबाट हानिकारक ग्यास निस्कन्छ । डिअक्सिनजस्ता ग्यास निस्कन्छ, जसले ब्रेस्ट क्यान्सरको खतरा बढाउँछ ।



बाइफिनाइल ‘ए’ एक यस्तो रसायन हो, जसले डायबिटिजका साथै फर्टिलिटी तथा व्यवहारसँग सम्बन्धित समस्या उत्पन्न गराउन सक्छ । त्यसैले, प्लास्टिकको बोत्तलमा पानी पिउन छोड्नु नै स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

अर्को कुरा, प्लास्टिकमा फ्याथलेट्सजस्तो केमिकल हुन्छ, जसले क्यान्सरको खतरा बढाउँछ । यसले स्पर्म काउन्ट पनि घटाउन सक्छ ।



जब हामी प्लास्टिकको बोत्तलमा पानी पिउँछौँ, यसबाट हाम्रो प्रतिरक्षा प्रणाली पनि प्रभावित हुन्छ । प्लास्टिकको बोत्तलबाट केमिकल हाम्रो शरीरमा पुग्छ र प्रतिरक्षा प्रणालीलाई डिस्टर्ब गरिदिन्छ । 
 

  • प्रकाशित मिति : असोज २८, २०७५ आइतबार १९:१५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया