कर्णालीका ४३.८७ प्रतिशत घरधुरी मात्रै विद्युत् पहुँचमा

कर्णालीका ४३.८७ प्रतिशत घरधुरी मात्र विद्युत्को पहुँचमा पुगेका छन् । अझै पनि कर्णाली प्रदेशका ५६.१३ प्रतिशत घरधुरी विद्युत्को पहुँचबाहिर रहेका छन् । 

नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका अनुसार कर्णाली प्रदेशको सबैभनदा बढी विद्युत्को पहुँच रुकुमपश्चिममा रहेको छ । यहाँका ७५.२ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । 

सल्यानमा ५२.८८ प्रतिशत, सुर्खेतमा ४८.१६ प्रतिशत, दैलेखमा ४८.७३ प्रतिशत, जाजरकोटमा १६.१५, डोल्पामा २१.९ प्रतिशत, जुम्लामा १९.३ प्रतिशत, कालिकोटमा ४३.५७ प्रतिशत, मुगुमा १९.६४ प्रतिशत र हुम्लामा २९.६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेको छ । 

तीन जिल्लामा अझै पुगेन राष्ट्रिय प्रसारण लाइन

कर्णालीका १० जिल्लामध्ये अझै पनि तीन जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । 

पछिल्लो समय कर्णालीका कालिकोट र जुम्ला राष्ट्रिय प्रसारण जोडिएका छन् । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।



कर्णालीका मुगु, डोल्पा र हुम्लामा लाइन जोडिएको छैन । हुम्ला, मुगु र डोल्पामा ३३–११ केभिए सबस्टेसन र ३३ केभिए लाइन निर्माणाधीन छ । 

तथ्यांकअनुसार हुम्लामा पाँच सय किलोवाट, मुगुमा पाँच किलोवाट, कालिकोटमा चार सय किलोवाट, जुम्ला एवं डोल्पामा २–२ सय किलोवाट र रुकुम पश्चिममा १२० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । 



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १९:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया