अमेरिकाले दियो नेपाललाई २३१ रनको लक्ष्य

आइसिसी विश्व कप लिग २ अन्तर्गत ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी अमेरिकाविरुद्धको खेलको पहिलो पारी समाप्त हुँदा जितका लागि नेपालले २३१ रनको बलियो लक्ष्य प्राप्त गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रनको योगफल तयार पारेको थियो । उसका लागि मोनान्क पटेलले शतकीय पारी खेले ।

४७औँ ओभरको दोस्रो बलमा विक्रम सोबले कुशल भुर्तेलबाट क्याच गराउनुअघि उनले ११४ बलमा ९ चौका र १ छक्काको मद्दतले १०० रन बनाए । सुशान्त मोदानी र करिम गोरले समान १६–१६ रनको योगदान दिँदा स्टिभन टेलरले १४ रन जोडे ।  

नेपालका लागि सन्दीप लामिछाने, विक्रम सोब र सुसन भारीले समान २–१ विकेट हात पार्दा कुशल मल्लको नाममा १ विकटे रह्यो । २ विकेट रन आउटका रुपमा प्राप्त भएको थियो । 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार २०:९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया