सभामुखलाई पत्र लेख्दै एमालेले भन्यो : कि १४ सांसदलाई हटाउनुस् नत्र मार्गप्रशस्त गर्नुस्

नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई पत्र लेख्दै आफ्नो पार्टीले कारबाही गरेका १४ जनालाई सांसद पदबाट हटाउन वा पदबाट राजीनामा गर्न आग्रह गरेको छ ।

सभामुख सापकोटाले आइतबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले सभामुखलाई पत्र लेख्दै माधव नेपालसहित १४ सांसदमाथि कारबाहीको माग राखेको हो । 

सभामुख सापकोटाले आइतबारका लागि बोलाएको बैठकमा नजान एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना सांसदलाई निर्देशन दिएका थिए । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकमा नजान दलका नेताबाट निर्देशन आएको बताएका थिए ।

एमालेले सोमबार सभामुखलाई पत्र लेख्दै माधव नेपालसहितका १४ सांसदमाथिको कारबाहीबारे सूचना टाँस्न वा ‘मार्ग प्रशस्त’ गर्न आग्रह गरेको छ । 

नेकपा एमालेले माधवकुमार नेपालसहित आफ्ना १४ सांसदलाई पदमुक्त गरेको पत्र सभामुखलाई बुझाएको थियो । सभामुख सापकोटाले माधव नेपालको नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट मान्यता नपाएसम्म एमालेको पत्रमा कुनै कारबाही अघि बढाएनन् । 

त्यसयता एमालेले सभामुखमाथि पूर्वाग्रही भएको आरोप लगाउँदै आएको छ । सभामुख नसच्चिएसम्म संसद बैठक चल्न नदिने भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । 



एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सभामुखलाई लेखिएको पत्रमा ‘कि सूचना टाँस्न, होइन ‘मार्गप्रशस्त’ गर्न आग्रह गरेको बताएका छन् । 



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार २१:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया