प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठकमा अवरोध जारी राखेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनासाथ एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको हो ।
यद्यपी सभामुख सापकोटाले भने सदनका काम अघि बढाएका छन् ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएलगत्तै एमालेले निरन्तर अवरोध गरिरहेको छ । यद्यपी प्रमुख प्रतिपक्षीदलसँग सभामुखले सहमति जुटाउन सकेका छैनन् ।
एमालेको निरन्तर अवरोधपछि सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको थियो । बैठक एमालेले भने बहिस्कार गरेको थियो । सभामुख सापकोटाको सचिवालयले भने हटलाइनमा सम्पर्क गर्दापनि एमालेका नेताहरु सम्पर्कमा नआएको बताएको थियो ।
आफ्ना पार्टीबाट कारबाहीमा परेका १४ जना सांसदलाई सूचना टाँस नगरेको भन्दै सभामुखले भेदभावपूर्ण व्यवहार गरेको एमालेको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।