प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच विनियोजन विद्येयक–२०७८ स्वीकृत भएको छ । संघीय संसदको प्रतिनिधिसभाको आज बसेको बैठकले विनियोजन विद्येयक–२०७८ स्वीकृत गरेको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनासाथ एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । यद्यपी सभामुख सापकोटाले भने सदनका काम अघि बढाए ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विद्येयकमाथिको छलफल गर्न संसदको रोष्टमबाट भनेका थिए । सो छलफलमा भाग लिन चाहेका सांसद प्रेम सुवालले आफ्नो असन्तुष्टि राखेका थिए । उनलाई अर्थमन्त्री शर्माले धन्यवाद दिँदै छलफल सकेका थिए ।
लगत्तै सभामुख सापकोटाले विनियोजन विद्येयक–२०७८ पास भएको घोषणा गरेका हुन् ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएलगत्तै एमालेले निरन्तर अवरोध गरिरहेको छ । यद्यपी प्रमुख प्रतिपक्षीदलसँग सभामुखले सहमति जुटाउन सकेका छैनन् ।
एमालेको निरन्तर अवरोधपछि सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको थियो । बैठक एमालेले भने बहिस्कार गरेको थियो । सभामुख सापकोटाको सचिवालयले भने हटलाइनमा सम्पर्क गर्दापनि एमालेका नेताहरु सम्पर्कमा नआएको बताएको थियो ।
आफ्ना पार्टीबाट कारबाहीमा परेका १४ जना सांसदलाई सूचना टाँस नगरेको भन्दै सभामुखले भेदभावपूर्ण व्यवहार गरेको एमालेको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।