एकैदिन विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला

कैलाली, रुपन्देही, सिरहा, उदयपुर र कञ्चनपुरमा पछिल्लो चौबिस घण्टामा सात जना मृत अवस्थामा फेला परेका छन् । 

कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैया बस्ने ३५ वर्षीय हर्क पुरी सोही नगरपालिका–८ बडैपुरस्थित सडकको नालामा सोमबार मृत अवस्थामा फेला परेका छन्

कैलालीकै जानकी गाउँपालिका–५ पथरैया बस्ने ७० वर्षीय भक्त बहादुर भुल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ फुलबारी गेट नजिक सोही उपमहानगरपालिका–१३ जितगढी बस्ने ४४ वर्षीया टिका थापा सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

सिरहाको लहान नगरपालिका–३ प्रगती टोल डेरा गरी बस्ने उदयपुर जोगिदह घर भएकी १९ वर्षीया करिस्मा चौधरी आफ्नै कोठामा सोमबार राति मृत अवस्थामा फेला परेकी छन् । 

उदयपुरको बेलाका नगरपालिका–६ सिसुवा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 
कञ्चनपुरको भिमदत्त नगरपालिका–११ स्थित भुजेला महाकाली नहरको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 



यसैगरी कञ्चनपुरकै दोधारा चाँदनी नगरपालिका–१० वलि टोलस्थित महाकाली नदीको बगरमा हाल नाम, थर, वतन र उमेर नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 



  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १५:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया