माधव नेपालले अब वडा सदस्य पनि जित्दैनन्ः केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब माधवकुमार नेपालको राजनीति सकिएको टिप्पणी गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी फुटाएर गएकाले अब जनताले उनलाई भोट नदिने ओलीले बताएका हुन् ।

‘माधव नेपालले त वडा अध्यक्ष के अब वडा सदस्य पनि जित्दैनन्,’ झापामा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘अब माधवकुमार नेपाललाई जनताले किन भोट हाल्ने ? पार्टी फुटाएकाले ?’

झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले फुटाउन खोजेका प्रतिक्रियावादीको मुटु अहिले हल्लिएको पनि बताएका छन् ।

उनले नेकपा एमाले माधवकुमार नेपालले बनाएको पार्टी नभएको भन्दै माधव नेपालले कम्युनिस्ट इतिहासमा निकै ठूलो गल्ती गरेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १५:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया