सर्वोच्चले भन्यो— एमाले सांसद पाण्डे र भट्टलाई कारवाही नगर्नू

सर्वोच्च अदालतले एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । 

यी दुईले नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए । तर, एमालेले उनीहरुलाई कारवाही गरेको थियो । 

कारवाहीका कारण उनीहरुले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गर्नसमेत पाएका थिएनन् ।

अदालतले अब उनीहरुले नेकपा एकीकृत समाजवादी रोजेको आधारमा नै कारवाही गर्न नहुने अन्तरिम आदेश दिएको हो ।





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १५:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया